पुल भासिँदा नुवाकोटकाे गुरुङगाउँ र बिदुरमा यातायात अवरुद्ध

 साउन १४, २०७८ बिहिबार ९:२५:४३ | नवदीप अजनबी
unn.prixa.net

नुवाकाेट - बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको बिदुरतर्फको खोल्सामा रहेको पुलमा नोक्सानी हुँदा यातायात ठप्प भएको छ । 

पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट बिदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने गाडी बट्टारमा नै रोकिएका छन् ।

गएराति ९ बजेतिर पुलको जगमा क्षति पुगेसँगै सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ आवतजावत बन्द भएको छ । पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ । सडक खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया