योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलद्वारा शपथ ग्रहण

 साउन १४, २०७८ बिहिबार १०:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नु भएको छ ।  सिंहदरबारमा बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।

गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो ।

पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसक्नुभएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसक्नुभएको छ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया