१४ औं महाधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

 साउन १४, २०७८ बिहिबार ११:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो २ बजेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन हुने भनिए पनि अनिश्चित बनेको छ । आजको बैठकले महाधिवेशनबारे निर्णय गर्ने सम्भावना छ । यस्तै, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल हुनेछ । हिजोको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि एक दिनको समय दिएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया