रोल्पामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ

 साउन १४, २०७८ बिहिबार ११:५८:३६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पामा बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ परेका छन् ।

रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो । 

अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै गएको सोमवार प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा घाउ लागेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया