शेयर बजार १५ अङ्कले घट्यो, झन्डै ११ अर्ब रुपैयाँको कारोबार

 साउन १४, २०७८ बिहिबार १५:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज बिहीवार घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो । 

आज बैंकिङ समूहको शेयर साढे १० अङ्कले, व्यापारको चार अङ्कले, जलविद्युतको २८ अङ्कले, फाइनान्सको ५४ र माइक्रोफाइनान्स समूहको शेयर पाँच अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर ८६ अङ्कले, निर्जीवनका ६९, उत्पादनको ५३, अन्यको १३ र लगानी समूहको शेयर झन्डै साढे एक अङ्कले घटेको छ । 

आज दुई सय १७ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर १० अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ३३ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज गुडविल फाइनान्सको शेयर सात प्रतिशत र माउन्टेन हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि रिडी हाइड्रोको झन्डै १० र जीवन विकास लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया