राजविराज नगरपालिकाका जनप्रतिनिधिले दुई महिनामै साढे २६ लाख रुपैयाँ भत्ता बुझे

 साउन १४, २०७८ बिहिबार १९:३४:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराज नगरपालिकाका जनप्रतिनिधिले दुई महिनामै सुविधा र भत्ताबापत २६ लाख रुपैयाँभन्दा बढी रकम बुझेकाे पाइएको छ ।

नगरपालिकाको तथ्याङ्कअनुसार गएकाे चैत र वैशाख महिनामा जनप्रतिनिधिले सुविधा र भत्ताबापत २६ लाख ५० हजार दुई सय ३० रुपैयाँ बुझेका हुन् । यसमा नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले ६६ हजार तीन सय ३० रुपैयाँ र उपमेयर साधना झाले ६७ हजार तीन सय २० रुपैयाँ बुझेका छन् ।

यसैगरी वडा नं १ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले ३३ हजार ६ सय ६०, २ का वडाध्यक्ष अरुणकुमार यादवले ५४ हजार चार सय ५० रुपैयाँ बुझेका छन् । 

यस्तै ३ का वडाध्यक्ष सुदर्शनप्रसाद सिंह, ४ का वडाध्यक्ष अख्तर अलि मियाँ र ५ का वडाध्यक्ष समिर झाले समान ३३ हजार ६ सय ६० रुपैयाँ सुविधा र भत्ताबापत बुझेका छन् ।

यसैगरी ६ का वडाध्यक्ष प्रेमकुमार यादवले ३३ हजार ६ सय ६०, ७ का वडाध्यक्ष मागिलाल नाईले ४७ हजार सात सय २०, ८ का वडाध्यक्ष जयनारायण मण्डलले ४७ हजार पाँच सय २०, ९ का वडाध्यक्ष शम्भुप्रसाद यादवले ४२ हजार पाँच सय ७०, १० का वडाध्यक्ष सुशीलकुमार दासले ३३ हजार ६ सय ६० रुपैयाँ बुझेका छन् ।

यसैगरी ११ का वडाध्यक्ष संजयकुमार यादव र १२ का वडाध्यक्ष हरिहर यादवले समान ३३ हजार ६ सय ६०, १३ का वडाध्यक्ष राजेन्द्र प्रसाद यादवले ४७ हजार पाँच सय २० रुपैयाँ बुझेका छन् । यस्तै १४ का वडाध्यक्ष शोभा लाल मण्डल, १५ का वडाध्यक्ष राम प्रसाद यादव र १६ का वडाध्यक्ष बुचाई दासले ३३ हजार ६ सय ६० रुपैयाँ बुझेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरूले सुविधा र भत्ता पाएको बताउनुभयो । अधिकृत थापाले यसमा अतिथि सत्कारदेखि पत्रपत्रिका खर्चबापतको सुविधा र भत्ता रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया