काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

 साउन २०, २०७८ बुधबार ८:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधज्ञा फेरि थपिएको छ । अब तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ । 

कोरोनाको सङ्क्रमण बढ्न थालेकाले भोलिदेखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने तालिम सेमिनार, बैठक तथा गोष्ठीमा रोक लगाइएको हो । यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन ।  स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । 

यस्तै,  कोरोनाको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित पालिका, जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । यस्तै, स्वास्थ्यको मापदण्ड पालना गरे नगरेको बारे अनुगमन हुनेछ र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोरोना सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ  ।

यस्तै, सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Digambar Amatya

    Aug. 6, 2021, 9:55 a.m.

    Best action has taken by Govt. This covid will not be illuminated without lockdown

  •  0 Reply

तपाईको प्रतिक्रिया