नयाँ बन्ने भौतिक संरचना अपाङ्गतामैत्री हुनेछन् : अर्थ मन्त्री शर्मा

 साउन २१, २०७८ बिहिबार १४:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरू अपाङ्गमैत्री हुने बताउनुभएको छ । मन्त्रालयमा ‘स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाल’ का प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताउनुभएको हो । 

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरूका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रूपले उपलब्ध हुनुपर्ने लगायतका माग राखेका थिए ।

उनीहरूले शर्मा गृह मन्त्री हुँदा अपाङ्गतगा भएकाहरूका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन हुने आशा व्यक्त गरेका छन् ।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिनुभएको हो ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया