अमेरिकाको टेक्सासमा आप्रवासी चढेको भ्यान दुर्घटना हुँदा १० जनाको ज्यान गयो

 साउन २१, २०७८ बिहिबार १५:५६:५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको टेक्सासमा आप्रवासी चढेको भ्यान दुर्घटना हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

मेक्सिकोबाट सीमा पार गरेर आएका गैरकानुनी आप्रवासी चढेको भ्यान तीव्र गतिका कारण टेक्सासको एक घुम्तीमा विद्युतीय पोलमा ठोक्किएको बीबीसीले जनाएको छ ।

१५ जना यात्रु बोक्ने भ्यानमा ३० जना चढेका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ ।

मेक्सिकोबाट गैरकानुनी बाटो हुँदै आउने शरणार्थी विभिन्न दुर्घटनामा पर्ने गरेका छन् । गएको मार्चमा पनि मेक्सिकोबाट आएका अवैध आप्रवासी चढेको एउटा भ्यानलाई ट्रकले ठक्कर दिँदा १३ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया