लुम्बिनीको विशेष अधिवेशन साउन २७ गतेका लागि बाेलाइयाे

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल हुने

 साउन २१, २०७८ बिहिबार १६:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो ।

बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् । 

आज मात्रै प्रदेश सभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाउँदै आफू माओवादी केन्द्रमै रहेको बताउनुभएको थियो । वली माओवादीमा आएको घोषणा गरेसँगै लुम्बिनीमा विपक्षी बलियो अवस्थामा देखिएका छन् ।

८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । एमालेसँग ३९ जना मात्रै सदस्य रहेका मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै दुई मतको कमी रहेको छ । विपक्षी गठबन्धनसँग भने बहुमत अर्थात् ४१ सदस्य नै रहेका छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया