थप ३ हजार ९ सय ३८ जनामा काेराेना पुष्टि, ३७ जनाकाे ज्यान गयाे

 साउन २१, २०७८ बिहिबार १६:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा तीन हजार नौ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ७० पीसीआर र ६ हजार पाँच सय ३८ एन्टिजेन गरी १८ हजार चार सय आठ नमुना परीक्षण गर्दा तीन हजार नौ सय ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको २१ दशमलव ३९ प्रतिशतमा सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ७३ हजार आठ सय ६० पुगेको छ ।

यस्तै थप दुई हजार १२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ ।

यही अवधिमा थप ३७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय ९४ पुगेको छ ।

नेपालमा अहिले ३४ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय १३ जनाको आईसीयू र एक सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार दुई सय ७७ जनाले पहिलो मात्रा कोरोनाविरुद्धको खाेप लगाएका छन् भने २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया