नाइजेरियामा अहिलेसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद

 साउन २१, २०७८ बिहिबार २०:२४:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : नाइजेरिया कस्टम्स सर्भिस

काठमाण्डाै – अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ । तस्करीकाे एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठूलो भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

१७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य ५४ मिलियन डलर बराबरको रहेको सेनाका कर्नेल मोहम्मद इब्राहिम अलीले जनाएको खबरमा उल्लेख छ ।

वन्यजन्तु र अङ्ग तस्करीमा संलग्न भएको आरोपमा तीन जना विदेशी यसअघि पक्राउ परिसकेका र आज चौथो व्यक्ति पनि पक्राउ परेका कर्नेल अलीले बताउनुभएको छ ।

वन्यजन्तु विशेषज्ञहरुका अनुसार नाइजेरिया एसियालाई वन्यजन्तु र अङ्ग पठाउने गिरोहको केन्द्र बनेको छ । असुरक्षित सीमाना, कमजोर कानुन, भ्रष्टाचार र ठूला बन्दरगाहको पहुँचका कारण तस्करहरूका लागि नाइजेरिया सुरक्षित देश रहेको खबरमा उल्लेख छ ।

नाइजेरियाले बेलायत, अमेरिका, र जर्मन अधिकारी तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग मिलेर तस्करविरुद्धकाे कारबाहीलाई तीव्रता दिएको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया