जर्मनीको एउटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप भन्दै सलाइन पानी लगाएको खुलासा

 साउन २९, २०७८ शुक्रबार १४:२८:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी दिइएको पाइएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।  

आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी तर त्यहाँ अरू धेरैलाई कोरोनाविरुद्धको खोप भनेर सलाइन पानी लगाइदिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सलाइन लगाइदिएको खोप केन्द्रमा गएर खोप लगाएका आठ हजार पाँच सय ५७ जना मानिसलाई दोहोर्‍याएर खोप लगाउन भनिएको बीबीसीले जनाएको छ । प्रभावितमध्ये धेरैजसो ७० वर्षभन्दा माथि उमेर भएका जोखिम समूहका मानिसहरू भएको बताइएको छ ।

कोरोनाविरुद्धको खोप भन्दै सलाइन लगाइदिने ४० वर्षीया स्वास्थ्यकर्मीले कोरोनाबारेमा नकारात्मक टिप्पणी गर्नुका साथै भाइरसको सङ्क्रमण रोक्न गरेको प्रतिबन्धहरूको आलोचनासमेत गरेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया