इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात : सलाहको कीर्तिमान

 साउन ३१, २०७८ आइतबार ८:३५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो ।

लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक/एक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् ।

प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा सलाहले अहिलेसम्म ७ गोल गरेका छन् । जितसँगै लिभरपुलले तीन अङ्क जोडेको छ ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएका खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । यस्तै लेस्टर सिटीले वुल्भ्स्लाई, चेल्सीले क्रिस्टल प्यालेसलाई, वार्डफोर्डले एस्टन भिल्लालाई, एभर्टनले साउथह्याम्टन र ब्राइटनले बर्नलीलाई हराउँदै विजयी सुरुवात गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया