स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदै

 भदौ ५, २०७८ शनिबार १२:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोका राति पौने ९ बजे खेल्दैछन् । त्यस्तै ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियल खेल सवा ११ बजे हुनेछ ।

गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको मैदानमा खेलको ११ औं मिनेटमा कार्डिजका अल्भारो सान्सेजले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । तर रियल बेटिसका जुआन लोपेजले २२ औं मिनेटमा बराबरी गोल फर्काए । खेल एक/एक गोलको बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया