लमजुङको देउराली डाँडामा पहिरो : बेसीसहर जाने सडक बन्द

 भदौ ११, २०७८ शुक्रबार १३:२६:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–लमजुङको सदरमुकाम बेसीसहर जाने सडक बन्द भएकाे छ । लमजुङको बेसीसहर नगरपालिका–१ देउराली डाँडामा वर्षासँगै खसेको पहिरोका कारण बेसीसहर जाने सडक आज बिहानैदेखि बन्द भएको हो ।

डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३३ किलोमिटर क्षेत्रमा पर्ने देउराली डाँडामा गएकाे पहिराे हटाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

अहिले सडक खुलाउनका लागि त्यही ठाउँबाट दुई वटा जेसीभी प्रयोग गरी नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ । आज दिनभरिमा सडक खुल्न सक्ने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया