क्रिस्टियानाे रोनाल्डोलाई अनुबन्ध गर्ने दाैडमा म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि

 भदौ ११, २०७८ शुक्रबार २०:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोर्चुलगका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटली क्लब युभेन्टस छाडेसँगै उनलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव गरिरहेका छन् । रोनाल्डोलाई अनुबन्ध गर्ने दौडमा इङ्ल्यान्डको क्लब म्यानचेस्टर युनाइटेड सबैभन्दा अघि रहेको बीबीसीले जनाएको छ । 

३६ वर्षीय स्ट्राइकर रोनाल्डो यसअघि इङ्ल्यान्डकै अर्काे क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो । उनी सिटी नजाने भएका बीबीसीमा उल्लेख छ ।  

युभेन्टसका म्यानेजर मसिमिलियानो एलिग्रीले रोनाल्डो युभेन्ट्समा रहन इच्छुक नरहेको बताएका थिए । 

सिटीसँग सहमति हुन नसकेपछि रोनाल्डोलाई अनुबन्ध गर्न उनको पुरानो क्लब युनाइटेडका प्रतिनिधिसँग छलफल भइरहेको बताइएको छ । 

सन् २००३ मा स्पोर्टिङ लिस्बोनबाट १२ दशमलव २ मिलियन पाउन्डमा युनाइटेडमा आबद्ध भएका रोनाल्डोले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया