वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टकाे निधन

 भदौ १४, २०७८ सोमबार १०:२३:३७ | रासस
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । ​कालीकास्थानमा बस्दै आउनुभएका उहाँको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उहाँका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित  छन्  । उहाँका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’  लगायत  कृति लोकप्रिय  छन् ।

१९९३ सालमा जुम्लामा  जन्मनुभएका  भएका उहाँ प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँको शव श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा.जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

भट्टका श्रीमती र दुई छोरा छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया