बाँकेमा नक्कली प्रहरी निरीक्षक पक्राउ

 भदौ २०, २०७८ आइतबार १५:७:४२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – आफूलाई प्रहरी निरीक्षकको रुपमा चिनाउँदै बाँकेको कोहलपुर क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र रोकायलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफूलाई नेपाल प्रहरीको सिआईबी निरीक्षक भन्दै डर त्रास देखाइ धाक धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया