नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण फुटबल खेल सुरु,  किरण चेम्जोङको राष्ट्रिय कीर्तिमान

 भदौ २०, २०७८ आइतबार १७:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल सुरु भएको  । खेल दशरथ रंगशालामा सुरु भएको हो ।

यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो । आजको खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय टोलीका तर्फबाट ७४ औं खेल खेलेर नयाँ कीर्तिमान बनाएका हुन् ।

अहिलेसम्म विराज महर्जनले सर्वाधिक ७३ वटा राष्ट्रिय खेल खेलेका छन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलिरहेका हुन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया