पीएनजी १ सय ३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट

 भदौ २२, २०७८ मंगलबार १३:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ३५ रनको लक्ष्य पाएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । 

नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यी दुईबीचको अर्काे खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।

यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया