नेपालले बङ्गलादेशलाई २–१ गाेलले हरायाे

 भदौ २४, २०७८ बिहिबार १८:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाली महिला टिम विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे । 

नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे । सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् ।

पहिलाे हाफमा नेपाल दुई–शून्यले अघि थियाे । तर खेलकाे दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गर्‍याे । उसका लागि खेलकाे ८३ औँ मिनेटमा थोउरा खातुनले गाेल गरिन् । 

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे आइतवार हुनेछ । 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • सोम बहादुर मोक्तान

    Sept. 9, 2021, 7:28 p.m.

    शुभकामन नेपाली महिला टिमलाई नेपालले आजको खेलमा निकै राम्रो गर्यो भन्न सकिन्न अझै तयारी गर्नु पर्छ किनकि भारतले नेपाललाई चुनौती दिन्छ सजिलै त्यसैले हाम्रो घरेलु टीम ले निकै कडा अभ्यास गर्नु छ

  •  0 Reply

तपाईको प्रतिक्रिया