एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्छ : अध्यक्ष नेपाल

 भदौ २६, २०७८ शनिबार १५:४५:६ | गोविन्द शर्मा
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ । 

एमसीसीले देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उहाँकाे भनाइ छ । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बाेल्दै उहाँले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिनुभयो । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उहाँले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी गर्नुभयो । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएकाे पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया