त्रिदेशीय शृङ्खलाअन्तर्गत भोलि नेपालले अमेरिकासँग खेल्दै, प्रत्यक्ष प्रसारण हुने

 भदौ २७, २०७८ आइतबार १८:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला भोलि साेमवारदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा भोलि नेपालले अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । खेल डिश होमको च्यानल एक्शन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ ।

त्रिदेशीय शृङ्खलाअघि पपुवा न्युगिनी (पीएनजी) सँग भएका दुवै खेल जितेको नेपाल उच्च मनोबलका साथ खेल्दैछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।

शृङ्खलाका सबै खेल एक्शन स्पाेर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएकाे छ । 

लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • राई सुदीप

    Sept. 13, 2021, 12:23 a.m.

    बाध्यताको कारणले गर्दा हामी नेपाली खेलकुद प्रेमीहरु नेपाल बाहिर छौ (Action Apors Tv) ले खेलहरुको प्रत्यक्ष प्रसारण गर्नुहुन्छ अत्यन्तै गर्वको कुरा हो तर हामीहरु जति पनि नेपाल बाहिर छौ नेपाल टोलीलाई समर्थन गर्दै उक्त खेलहरुको प्रत्यक्ष प्रसारण हेर्न बाट बञ्चित छौ दु:ख लाग्छ अन्य ब्याक्तिगत यूटुव च्यानलहरुले प्रत्यक्ष प्रसारणको अत्यन्तै धेरै प्रयास गर्नुहुन्छ तर केही समयपछि (Copy Right) को कुरा हुन्छ बञ्चित भैहाल्छ हुनत (Action Sports) पनि आफ्नै यूटुव च्यानल छ यहीँबाट पनि प्रत्यक्ष प्रसारण गरिदिनुभएको भए हामी नेपाल बाहिर रहेको हामी नेपालीहरु गर्व गर्ने थियौँ धन्यवाद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया