करिम बेन्जिमाको ह्याट्रिकसँगै रियल मड्रिडको सानदार जित

 भदौ २८, २०७८ सोमबार ७:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा करिम बेन्जिमाको ह्याट्रिकसँगै रियल मड्रिडले सेल्टा डी भिगोलाई ५ –२ गोल अन्तरले पराजित गरेको हो ।

करिमले खेलको २४, ४६ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । अन्तिम गोल उनले पेनाल्टी मार्फत गरे । यस्तै भिनिसियस जुनियरले खेलको ५४ औं मिनेटमा र कामेभिन्गाले खेलको ७२ औं मिनेटमा गोल गरे  ।

जितसँगै रियल ४ खेलबाट १० अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान १० अङ्क नै रहे पनि भ्यालेन्सिया दोस्रो स्थानमा छ भने १० अङ्क नै रहेको एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ । सेल्टा डी भिगो भने १ अङ्क जोडेर १८ औं स्थानमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया