यसपालिको दशैँमा ‘विना झन्झट’ नयाँ नोट

 भदौ २८, २०७८ सोमबार १५:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले यसपालिको दशैँमा नयाँ नोट लिन धेरै लाइन र झन्झट बेहोर्नु नपर्ने जनाएको छ । गएकाे वर्ष नयाँ नोट वितरण नभए पनि यो वर्ष असोजको ४ गतेदेखि सबै बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुनेछ । 

राष्ट्र बैंकले अहिले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण भइरहेको र सर्वसाधारणले असोजको ४ गतेदेखि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट नोट लिन सक्ने जनाएको छ । 

यसअघि व्यक्तिले लिने नयाँ नोटको सीमामा कडाइ गरे पनि यस पटक प्रति व्यक्ति १८ हजार रुपैयाँसम्मका नोट वितरण गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Roshan Khatri

    Sept. 13, 2021, 4:14 p.m.

    नेपाल रास्ट्र बैंक को सराहनीय काम ।

  •  0 Reply

तपाईको प्रतिक्रिया