आजदेखि च्याम्पियन्स लिग, पहिलाे दिन ८ खेल हुँदै

 भदौ २९, २०७८ मंगलबार १५:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनका खेल आज मङ्गलवारदेखि सुरु हुँदैछ । सुरुवाती ३२ अन्तर्गत आज राति आठ वटा खेल हुँदैछन् । 

आज राति साढे १० बजे सेभिल्ला र आरबी साल्जबर्ग तथा योङ ब्वाइज र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसै महिना इटली क्लब युभेन्ट्सबाट इङ्ग्लिस क्लब युनाइटेड आएका क्रिस्टियानाे रोनाल्डोले पनि आज खेल्ने सम्भावना छ । 

यस्तै च्याम्पियन्स लिगमा राति पौने एक बजे वुल्भ्सबर्ग र लिल, भिल्लारियल र एटलान्टा, चेल्सी र जेनिथ सेन्ट पिटरबर्ग्स, माल्मो र युभेन्ट्स, बार्सिलोना र बार्यन म्युनिख तथा डाइनाभो किभ र बेन्फिका खेल्दैछन् । 

युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२१/०२२ आजदेखि सुरु हुन लागेकाे हाे । 

च्याम्पियन्स लिगकाे गएकाे संस्करणमा म्यानचेस्टर सिटलाई एक–शून्य गाेलले हराउँदै चेल्सी विजेता बनेकाे थियाे । २०११/०१२ मा पहिलाे पटक विजेता बनेकाे चेल्सीले गएकाे संस्करणमा दाेस्राे पटक ट्रफी उचालेकाे थियाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया