शेयर बजार साढे १८ अङ्कले घट्यो, पाँच अर्ब १९ करोड रुपैयाँको कारोबार

 भदौ २९, २०७८ मंगलबार १५:२०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार घटेर राताम्मे भएको छ । बजार खुलेको केहीबेरमा २० अङ्कले बढेको नेप्से बन्द हुने बेलामा भने १८ दशमलव ५४ अङ्कले घटेर दुई हजार नौ सय २९ दशमलव २८ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, व्यापारसहित सबै समूहको शेयर घटेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया