सरकार ‘खर्च गर्न नपाउने’ अवस्थामा, समस्या नहुने अर्थ मन्त्रीको भनाइ

 भदौ २९, २०७८ मंगलबार १६:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदमा पेस भएकाे गरेको प्रतिस्थापन विधेयक पारित नभएपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । कानुनअनुसार भोलि बुधवारसम्म सरकारले प्रतिस्थापन विधेयक पास गर्नुपर्नेमा संसद् असोज ४ गतेसम्मका लागि स्थगित भएपछि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो ।

सरकारले संसद् विघटन गरेपछि गएको जेठ १५ गते तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याउनुभएको थियो, संसद् चलेको ६० दिनभित्र अध्यादेश पारित गर्नुपर्नेमा अर्थ मन्त्री जनार्दन शर्माले यही भदौको २५ गते प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो ।

विधेयक आज पास गर्नुपर्नेमा एमालेका सांसदले नाराबाजी गरेपछि संसद् बैठक नै असोज ४ गतेसम्मका  लागि स्थगित भएको छ । अब सरकार कानुनी हिसाबले खर्च गर्न नपाउने स्थितिमा पुगेको छ ।

यसैबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा पाँच/सात दिन सरकारी खर्च रोकिन सक्ने बताउनुभएको छ । अर्थ मन्त्री शर्माले केही दिन सरकारी खर्च रोकिन सक्ने र यसले खासै फरक नपर्ने बताउनुभएको हो ।

आफूले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको बताउँदै अर्थ मन्त्री शर्माले पेस्की बजेट पनि नल्याउने र अध्यादेशबाट पनि नभइ नियमित प्रक्रियाबाटै यसलाई पारित गरिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया