नजिकका सहयोगी कोरोना सङ्क्रमित भएपछि पुटिन 'सेल्फ आइसोलेशन' मा

 भदौ २९, २०७८ मंगलबार १७:४०:२२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना नजिकका सहयोगी कोरोना सङ्क्रमित भएपछि 'सेल्फ आइसाेलेशन' मा बस्नुभएकाे छ । 'सेल्फ आइसाेलेशन' सङ्क्रमण राेक्न अलग्गिएर बस्ने प्रक्रिया हाे ।  

रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीले यस खबरको पुष्टि गरेको बीबीसीले  जनाएको छ । 

पुटिन यस हप्ता केही महत्त्वपूर्ण बैठकमा भाग लिनका लागि ताजिकिस्तानको राजधानी दुशन्बे जाने तय भएको थियो । तर रुसी सरकारको कार्यालय क्रेमलिनका अनुसार सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि पुटिनको ताजिकिस्तान यात्रा रद्द भएको छ । 

पुटिनले कोरोना भाइरसविरुद्धको रुसी खोप स्पुतनिक लगाउनुभएको बताइएको छ । उहाँ आइसोलेशनमा बस्नुभएको कुरा यसरी पहिलो पटक सार्वजनिक भएको हो ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया