आसिफ शेख ९० रनमा आउट

 भदौ २९, २०७८ मंगलबार १८:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ओमानसँगकाे एकदिवसीय क्रिकेटमा आसिफ शेख ९० रनमा आउट भएका छन् । आसिफलाई ओमानका बिलाल खानले बाेल्ड आउट गरे । 

आसिफ ३५ ओभर ३ बलमा टिमकाे स्काेर १ सय ५५ हुँदा आउट भएका हुन् । ९० रनमा आउट भएका आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे अर्धशतक बनाए । 

यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २०, विनाेद भण्डारी ६, साेमपाल कामी ७ रनमा आउट भए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया