कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना पुष्टि भएका विद्यार्थीले पछि परीक्षा दिन पाउने

 भदौ २९, २०७८ मंगलबार १९:५५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भोलि बुधवारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । 

परीक्षा बाेर्डका अध्यक्ष पाैडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो । 

परीक्षाका लागि तयार पारिएका प्रश्न पत्र भोलि बुधवार बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्‍याइने परीक्षा बाेर्डका अध्यक्ष डा. पौडेलले बताउनुभयो । 

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा भोलिदेखि हुन लागेकाे हाे ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया