टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

 भदौ २९, २०७८ मंगलबार २०:१७:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज मङ्गलवार तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । 

शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेकाे सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । 

घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले बताएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया