मुग्लिन–नौबिसे सडक पहिरोले बन्द

 भदौ ३०, २०७८ बुधबार ७:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिराेको कारण मुग्लिन–नौबिसे सडक बन्द भएको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो । 

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया