ललितपुर महानगरमा असोज एक गतेदेखि विद्यालय खुल्ने

 भदौ ३०, २०७८ बुधबार ८:४:५९ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्वीर

ललितपुर – ललितपुर महानगरपालिकामा पर्सिदेखि विद्यालय खुल्ने भएका छन् । महानगरपालिकाले असोज एक गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी कार्यढाँचा तथा स्वास्थ्यका मापदण्डबारे अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायसँग अभिमुखीकरण गरी यसबारेमा महानगरमा जानकारी गराउन पनि महाशाखाले आग्रह गरेको छ । 

महानगरले सामुदायिक विद्यालयमा आवश्यकता र मागका आधारमा स्वास्थ्य सामग्री प्रदान गर्नेछ ।

अहिले काठमाण्डाै उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका छन् । असाेज एक गतेदेखि भने सबै विद्यालय खुल्ने तयारीमा छन् । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया