अमेरिकासँगकाे खेलमा नेपाल ब्याटिङ गर्दै, राष्ट्रिय टाेलीमा गुलशनकाे डेब्यु

 असोज १, २०७८ शुक्रबार १५:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा अमेरिकासँगकाे खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।

ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल अहिले सवा ४ बजे सुरु हुँदैछ । आजकाे खेलमा नेपालले बलर विक्रम साेबकाे ठाउँमा गुलशन झालाई राखेकाे छ । झाले राष्ट्रिय टिममा डेब्यु गर्न लागेका हुन् । 

मेयर्स कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेलेका गुलशनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही प्रदर्शनका आधारमा राष्ट्रिय टाेलीकाे बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका 
उनले आज डेब्यु गर्न लागेका हुन् । 

प्रतियाेगिताअन्तर्गत गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै मङ्गलवार ओमानसँग भएको खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो । 

अमेरिका र ओमानबीच हिजो भएको खेलमा अमेरिकालाई ओमानले चार विकेटले हराएको थियो । 

लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ । 

सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया