नेपालले अमेरिकालाई दियाे १ सय ७५ रनकाे लक्ष्य, ज्ञानेन्द्र मल्लकाे अर्धशतक

 असोज १, २०७८ शुक्रबार १९:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले अमेरिकालाई एक सय ७५ रनकाे लक्ष्य दिएकाे छ । 

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनायाे । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । ज्ञानेन्द्र मल्ल एक सय पाँच बलमा ५५ रन बनाएर आउट भए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टाेलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए । 

बलिङतर्फ अमेरिकाका साैरभ नेत्रवाल्करले चार विकेट लिए । त्यस्तै किले फिलिपले तीन विकेट लिए । 

लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ । 

सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया