नेपालले अग्रता जाेगाउन सकेन, फिलिपिन्ससँग २–१ ले हार्‍याे

 असोज २, २०७८ शनिबार १७:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ ।

उज्वेकिस्तानको जेएआर मैदानमा आज शनिवार भएको खेलमा फिलिपिन्सले नेपाललाई दुई–एकले हराएको हो । नेपालले खेलको १० औँ मिनेटमा गोल गरेको भए पनि अग्रता जोगाउन सकेन ।

नेपालकी विमला चौधरीले गोल गरिन् । फिलिपिन्सका लागि कामिली विलसनले दुई गाेल गरिन् । वैकल्पिक खेलाडीका रूपमा ६५ औँ मिनेटमा मैदान प्रवेश गरेकी विलसनले खेलको ९० औँ र इन्जुरी समयमा गोल गरिन् । 

याे जितसँगै फिलिपिन्सले पहिलो खेलमा तीन अङ्क जोडेको छ ।

छनोटअन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन् । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया