राष्ट्रिय फुटसल लिग : राइजिङ क्लब र स्पाेर्ट्स क्यासलकाे विजयी सुरुवात

 असोज २, २०७८ शनिबार २०:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाेखरा – ए डिभिजन राष्ट्रिय फुटसल लिग आज शनिवारदेखि सुरु भएको छ । लिगमा राइजिङ क्लब धरान र स्पाेर्ट्स क्यासल पोखराले विजयी सुरुवात गरेका छन् । 

पोखरा रङ्गशालाको कभर्ड हलमा भएको उद्घाटन खेलमा राइजिङ क्लब धरानले स्काई गोल्स काठमाण्डौलाई पाँच–चार गोलले हरायो । राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एक/एक गोल गर्नुभयो । मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सकेनन् । मच्छिन्द्रका आशिस सुनमले एक गोल गरे । 

त्यस्तै अर्को खेलमा प्रभातफेरी युथ क्लब स्पाेर्ट्स क्यासल पोखरासँग सात–शून्यले पराजित भएको छ । स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एक/एक गोल गरे ।  

नेपालमा पहिलो पटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन् । खेल राउण्ड रोबिन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

आउँदो २२ गतेसम्म हुने लिगमा कुल ४९ खेल हुनेछन् । सबै खेल ४० मिनेटको हुनेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया