नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

 असोज ७, २०७८ बिहिबार १५:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले महिला फुटबल टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’ मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । 

दोस्रो चरणमा गएकाे मङ्गलवार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग दुई–एक गोल अन्तरले पराजित भएको थियो ।

दुई खेलमा नेपाले एक अङ्कमात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया