ईपीएल क्रिकेटमा काठमाण्डौले पायो १ सय ५८ रनको लक्ष्य : पवन सर्राफको अर्धशतक

 असोज ९, २०७८ शनिबार १४:२०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाण्डौले १ सय ५८ रनको लक्ष्य पाएको छ । साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाण्डौ किङ्स इलाभेनलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । ललितपुरका पवन सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे ।

काठमाण्डौका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २/२ विकेट लिए । ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, इंग्ल्यान्डका एलेक्स ब्लाके लगायत खेलाडी छन् । सन्दीप लामिछाने कप्तान रहेको काठमाण्डौमा पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी, जिम्बावेका रायन बर्ल, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज लगायतका खेलाडी छन् ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट आजदेखि सुरु भएको छ । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया