रामेछाप : जीप दुर्घटनामा एक जनाको ज्यान गयाे, चार जना घाइते

 असोज १०, २०७८ आइतबार १३:४२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप - रामेछापकाे सुनापति गाउँपालिका-४ बेथानकाे पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । चार जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजाे बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका-३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीकाे ज्यान गएकाे हाे । उहाँकाे काभ्रेकाे धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएकाे हाे । दुर्घटनामा घाइते भएका अन्यकाे भने उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयाे । 

 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया