दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

 असोज १०, २०७८ आइतबार १५:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ ।

भन्सार विभागका अनुसार साउन र भदौमा आठ अर्ब ३६ करोड  ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यस्तै पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ ।

विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो ।

यस्तै दुई महिनामा २२ करोड रुपैयाँको कफी र ३४ करोड रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । सरकारले हरेक वर्ष तरकारी, नेपालमै पाइने फलफूल तथा खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना र कार्यक्रम ल्याए पनि बर्सेनि अर्बाैँ रुपैयाँको हरियो तरकारी, फलफूल र खाद्यान्न आयात हुने गरेको हो ।

गएको आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो । यस्तै चामलमात्रै ५० अर्ब रुपैयाँको भित्रिएको भन्सार विभागको तथ्याङ्क रहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया