शेयर बजार ६१ अङ्कले घट्यो, साढे ६ अर्ब रुपैयाँको कारोबार

 असोज १०, २०७८ आइतबार १५:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई हजार सात सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय ३३ वटा कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ । आईसीएफसी फाइनान्सको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

आज एक करोड ४४ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भएको  छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया