सरकारको निर्णयले होटल व्यवसायी खुसी, नेपाललाई ‘रेड जोन’ बाट हटाउन माग

 असोज १०, २०७८ आइतबार १६:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काेराेना भाइरसविरुद्धकाे खोप लगाएका पर्यटक नेपाल आएर क्वरेण्टीनमा बस्नु नपर्ने र अन अराइभल भिसा खुलाउने सरकारको निर्णयले होटल व्यवसायीहरू खुसी भएका छन् । 

होटल एसोसिएशन अफ नेपाल (हान) ले आज आइतवार एक विज्ञप्ति निकालेर खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वरेण्टीन बस्नु नपर्ने जस्ता निर्णयले होटल व्यवसायी उत्साहित भएको उल्लेख गरेको छ । 

सरकारको निर्णयले पर्यटन सम्भावनाको ढोका खुलेको हानको भनाइ छ । विदेशी पाहुनालाई सेवा दिने होटलका ९५ प्रतिशतभन्दा धेरै कर्मचारी तथा कामदारहरूले खोप लगाइसकेको भन्दै हानले सम्पूर्ण पर्यटन व्यवसायी र पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नेपालमा अहिले पहिलो वा दोस्रो गरी ४० प्रतिशतभन्दा धेरै नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई ‘रेड जोन’ बाट हटाउन सरकारले पहल गर्नु अति आवश्यक रहेको हानको भनाइ छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया