ईपीएल क्रिकेट : वर्षाले खेल बिथाेलियाे, पाेखरा र भैरहवाले अङ्क बाँडे

 असोज १०, २०७८ आइतबार १७:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा पाेखरा राइनाेज र भैरहवा ग्लाडियटर्स​ले अङ्क बाँडेका छन् । वर्षाका कारण खेल प्रभावित हुँदा पाेखरा र भैरहवाले एक–एक अङ्क बाँडेका हुन् । 

आज आइतवारकाे त्रिवि क्रिकेट मैदानमा भएकाे दाेस्राे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे पाेखराले १० ओभर १ बलमा सात विकेट गुमाएर ६५ रन बनाउँदा खेल वर्षाका कारण राेखिएकाे थियाे । वर्षा नराेकिने अवस्था देखिएपछि दुवै टाेलीले एक–एक अङ्क बाँडेका हुन् ।

अङ्क बाँडिएकाे खेलमा पाेखराका लागि असेल गुनारत्नेले २३ र विकेट यादवले अविजित १३ रन बनाए । बलिङतर्फ भैरहवाका दुर्गेश गुप्ताले तीन विकेट लिए । 

यसअघि आज भएकाे पहिलाे खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हरायाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया