अनलाइनबाट टिकट काट्नेलाई १ लिटर पानी उपहार

 असोज १०, २०७८ आइतबार १७:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले अनलाइनबाट टिकट काट्ने यात्रुहरूलाई एक लिटरकाे पानीकाे बाेत्तल सित्तैमा दिने बताएकाे छ । आज आइतवार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले अनलाइन र माेबाइलबाट टिकट बुकिङ गर्न अनुराेध गर्दै यस वर्ष अनलाइनबाट टिकट काटेर आउने यात्रुलाई एक लिटरकाे पानीकाे बाेत्तलकाे व्यवस्था गरिएकाे जानकारी दिनुभयाे । 

विभागका महानिर्देशक घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बिचौलिया देखापर्ने समस्या रहेको भन्दै यस वर्ष टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने भएकाले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएकाहरूबाट मात्रै टिकट काट्न आग्रह गर्नुभयो ।

यसैबीच सरकारले भाेलि साेमवारदेखि दशैँका लागि मध्यम तथा लामाे दुरीकाे सार्वजनिक गाडीकाे अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

उहाँले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डाैका विभिन्न ठाउँबाट गाडी छुट्ने बताउनुभयो ।

यस्तै बैठकले दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

4 Comments

  • Bibek thakur

    Sept. 28, 2021, 8:38 a.m.

    How to book a online bus

  •  0 Reply
  • Bibek thakur

    Sept. 28, 2021, 8:09 a.m.

    Birgunj to kakarvita

  •  0 Reply
  • Umesh Bhattarai

    Sept. 27, 2021, 2:51 p.m.

    अनलाइन बुकिं गर्न नै मिल्दैन, २१ गते भन्दा पछाडी काे बुक गर्न मिल्दैन । यातायात व्यवसायी ले सरकारी कर्मचारि लाइ थांनामा सुताए, सर्वसाधारण लाइन बस्न भिड गर्न बसपार्क नगइ हुँदैन, यत्राकाे अनलाइन ???

  •  0 Reply
  • Dipendra khatri

    Sept. 26, 2021, 7:18 p.m.

    कसरी बुकिंग गर्ने ? लिंक शेयर गर्नुपर्ने हो नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया