टाटा मोटर्सले ल्यायो नेपाली बजारमा नयाँ एनआरजी

 असोज १३, २०७८ बुधबार ९:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सले नेपाली बजारमा नयाँ गाडी ल्याएको छ । टाटा मोटर्सको नेपालमा रहेको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले “नयाँ फरएभर रेञ्ज” अन्तर्गतको नयाँ गाडी एन.आर.जी.लाई नेपाली बजारमा सार्वजनिक गरेको हो । 

उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याच ब्याकमा एसयूभीको जस्तै ड्राइभिङ्ग अनुभव गर्न चाहने युवा ग्राहकहरुतर्फ लक्षित रहेको सिप्रदीले जनाएको छ ।

'अर्बन टफरोडर' को रुपमा प्रस्तुत गरिएको स्वरुप विशेष खालको छ भने यसको बाहिरी बनावट बलियो र ग्राउण्ड क्लेरेन्स उच्च रहेको छ ।

सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृावाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ ।

टाटा मोटसर्् प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । यो टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन भएकाले हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्ने पनि उहाँको भनाइ छ । 

‘ह्याच ब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं’, उहाँले भन्नुभयो ।

त्यसैगरी, सिप्रदी ट्रेडिंग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भन्नुभयो, ‘टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी हो जसले हाम्रो टाटा मोटर्स सँगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ । हामी नेपाली ग्राहकहरु समक्ष उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध छौं ।’

पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको छ । बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ । १२ सय सीसीको इन्जिन क्षमतासहित म्यानुअल र एटीएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभूति गर्ने सिप्रदीको दाबी छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया