राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

 कात्तिक १, २०७८ सोमबार १०:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

आज दिउँसो तीन बजे ट्रेजरीको बोलकबोल अनलाइनबाट खुला हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १ सय ८२ दिन अवधिको पाँच अर्ब र ३ सय ६४ दिन अवधिको छ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ ।

त्यस्तै १ सय ८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३ सय ६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले गएको असोज २५ गते १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया