बजार खुलेको पहिलो दिन सुन तोलामा ७ सय र चाँदी ४५ रुपैयाँले बढ्यो

 कात्तिक १, २०७८ सोमबार १२:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनचाँदीको भाउ बढेको छ । दशैँ बिदाको एक हप्तापछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको हो ।

गएको २५ गते तोलाको ९० हजार ६ सयमा कारोबार भएको सुन आज तोलाको ९१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि कारोबार भएको अन्तिम दिन गएको २५ गते चाँदी तोलाको ११ सय ८० रुपैयाँ थियो । 
 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया